काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ।
सोमबार अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका हुन्।
उनले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरेका छन् ।
सरकारले सुशासन, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई केन्द्रमा राख्दै नयाँ वित्तीय र प्रशासनिक मोडलहरू पनि घोषणा गरेको छ।












































