• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौ । राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतसहित पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि नीति तथा कार्यक्रम पास गरिएको हो ।

नीति तथा कार्यक्रममाथि कांग्रेस, एमाले तथा नेकपासहित विभिन्न दलका सांसदहरूले एकल र संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका थिए । केही प्रस्ताव सम्बन्धित सांसदहरूले फिर्ता लिए पनि अधिकांश संशोधन सभाबाट अस्वीकृत भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित रहेपछि उनको तर्फबाट अर्थमन्त्री वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिएका थिए । जवाफपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए जसलाई बहुमतले अनुमोदन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय सभामा प्रतिनिधित्व नभए पनि अन्य दलका बहुसंख्यक सांसदहरूले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मत दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनअघि संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।