• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विपक्षीको अवरोधका माझ सभामुखले अघि बढाए संसदको कारबाही

काठमाडौँ । प्रतिपक्षी दलहरुको अवरोधका माझ सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अघि बढाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली काँगेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने भन्दै अवरोध गरेका छन् ।

प्रतिपक्षी दलहरुले प्रधानमन्त्री शाह संसद उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिँदै उठेर विरोध गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाह संसद्मा आउनेबारे संवाद भइरहेको र चाँडै मिति तय हुने सूचना आफूले पाएको भन्दै विपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गरिरहे । तर विपक्षी सासंदहरुले विरोध जारी राखेपछि विरोधकैबिच सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् ।

सभामुख अर्यालले पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए । पर्यटनमन्त्री पौडेलले विधेयक टेबुल गरेसँगै अहिले विधेयकमाथिको छलफल जारी छ ।