• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

९.२४ अंकले घट्यो नेप्से, ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा सामान्य गिरावट देखिएको छ। अघिल्लो दिन उल्लेख्य वृद्धि भएको बजार यसदिन ९.२४ अंकले घट्दै नेप्से परिसूचक २७७७.१० विन्दुमा बन्द भएको हो। सोमबार नेप्से २७.८५ अंकले बढेको थियो।

मंगलबार कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ८५ ७ लाख ७६ हजार रुपैयाँ करोड रुपैयाँमा सीमित भएको छ । यसदिन ३४२ कम्पनीका एक करोड १८ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ५२ हजारभन्दा बढी कारोबार भएका छन् ।

कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

यसदिन कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै लाभ कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.२३ प्रतिशतले बढेको हो । त्यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, सिर्जनशील लघुवित्त र नेपाल रिपब्लिक मिडियाको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।

विपरीत रूपमा सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको मूल्य ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। ग्रीन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त र एनआईसी एसिया बैंकको सेयर मूल्य पनि घटेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । रिडी पावर, साहस ऊर्जा, ङादी पावर र अपी पावर पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

समूहगत परिसूचकतर्फ निर्जीवन बीमा र म्युचुअल फन्ड समूहमा हरियाली देखिए पनि बाँकी अधिकांश समूह घटेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधनलगायत समूहमा गिरावट आएको छ ।