काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिपक भट्टसँग जोडिएका ५६ जना व्यक्तिहरुको विवरण पठाउन तथा सेयर कारोबार रोक्का राख्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पत्र पठाएको छ । सीआईबीले भट्टमाथि जारी धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको अनुसन्धानका क्रममा विभिन्न वित्तीय संस्थासँग आबद्ध ५६ जना उच्च पदस्थहरुको लगानीको सम्बन्धी विवरण आवश्यक परेको भन्दै पत्राचार गरेको हो ।
सीआईबीले हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, हिमालयन इन्भेष्टमेन्ट बैंकर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायतका संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ), लगानी समितिका सदस्य लगायतको विवरण माग गरेको हो ।
सीईआबीले हिमालयन रि–इन्स्योरेन्सको सीईओ उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सको सीईओ सिद्धान्त झुनझुनवाला, सोही क्रम्पनीको सञ्चालक लतिका गोल्यान, सोही कम्पनीको सञ्चालकहरु बद्री सिदेल, प्रविना दाहाल र लगानी समितिका सदस्य सुजल मल्लको विवरण मागेको छ ।
यस्तै, हिमालयन इन्स्योरेन्सको सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समितिको सदस्य मनिष कुमारको विवरण पठाउन भनिएको छ ।
यीबाहेक, हिमालयन सेक्युरिटी बैंकरका सञ्चालक सिताराम वाग्ले, आकांक्षा गुप्ता, क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहाल, सञ्चालक बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानङ्ग, सञ्चालक समिति सदस्य राजन प्रसाद अधिकारी, क्रेष्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक विदुर पुरी, हिमालयन इन्भेष्टमेन्ट बैंकरका लगानी सदस्य सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको विवरण माग गरिएको छ ।
गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक जयप्रकाश जैसवाल, उद्धवनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी, लगानी समिति सदस्य ज्योतिप्रकाश पाण्डे र समिर खरेलको विवरण समेत खोजिएको छ ।
यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्ष किर्तिका अग्रवाल, सञ्चालक सदस्य दिनेश सरिया, हिमालयन लाईफ इन्स्योरेन्सका सञ्चालक विवेक कुमार शाह, लक्ष्मण झावली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झाको विवरण समेत मागाइएको छ ।
विवादास्पद बिचौलिया भट्ट र शंकर ग्रुपका सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँगै सीआईबीले समेत अनुसन्धान गरिरहेको छ । विभागले सम्पत्ति शुद्धीकरणको अनुसन्धान टुग्याइसकेको छ भने सीआईबीको अनुसन्धान जारी छ । यहीक्रममा सीआईबीले सेबोनसँग थप विवरण माग गरेको हो ।