• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

साओमी १७ टी नेपाली बजारमा प्रि-अर्डरका लागि उपलब्ध

काठमाडौं। विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी १७ टीको प्रि-अर्डर खुला गरेको छ। आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो।

क्यामेरा तथा फोटोग्राफी : साओमी १७ टीमा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरा सेटअप रहेको छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ, जसले उच्च रिजोल्युसनका तस्बिर तथा उत्कृष्ट भिडियो रेकर्डिङ अनुभव दिने कम्पनीको भनाइ छ।

डिजाइन तथा डिस्प्ले : साओमी १७ टीमा ६.५९ इन्चको १.५के एमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

यसमा साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिङ तथा डीसी डिमिङ जस्ता आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश छन्। १२० हर्ज रिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउने बताइएको छ। करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहने जनाइएको छ।

ब्याट्री तथा प्रदर्शन : ६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी १७ टीले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्ने कम्पनीले जनाएको छ। यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ, जसले शक्तिशाली प्रदर्शन प्रदान गर्ने बताइएको छ। साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङ जस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

अडियो तथा कनेक्टिभिटी : डुअल स्टेरियो स्पिकरसहित साओमी १७ टीले उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने जनाइएको छ। यस स्मार्टफोनले वाइफाइ ६ई डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउने कम्पनीको भनाइ छ।

उपलब्धता : साओमी १७ टी भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमा तथा १२ जीबी + ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ।

यो स्मार्टफोनको प्रि-अर्डर गर्दा ग्राहकहरूले रु. ५,५०० बराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत रेड्मी बड्स टएबिथ (६ प्ले) (मूल्य रु. २,४९९) र साओमी ट्याग (मूल्य रु. २,९९९) निःशुल्क प्रदान गरिनेछ। साथै प्रि-अर्डर २९ मे देखि ६ जुन २०२६ सम्म खुला रहनेछ। साओमी १७ टीको नेपाली बजार मूल्य रु. ८९,९९९ तोकिएको छ।