• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आइतबार संघीय संसदको द्ुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्दै छ ।

आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने छ ।

यसैगरी, प्रतिनिधि सभा नियमावली मस्यौदा सभापति पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री डा वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।

यस्तै, बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं ८१) पेस गर्ने छन् । यसैगरी, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९‘ पेस गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिसभा बैठक बिहान ११ १५ बजे बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्रीले बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।