• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

भाद्र ९ देखि १४ सम्म नाडा अटो शो, स्टल बुकिङ खुल्ला

काठमाडौँ । भाद्र ९ देखि १४ सम्म नाडा अटो शोको १८औं संस्करण आयोजना हुने भएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको प्रदर्शनी रहने छ ।

नाडा अटो शो २०२६ का लागि स्टल स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ । नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ ।

यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ ।