काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले रु. १०० अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर सूचीकृत गराएको हो, जसको कुल निष्कासन मूल्य रु. ३ अर्ब रहेको छ।
उक्त धितोपत्र मिति २०८३ जेठ १९ गते नेप्सेमा सूचीकृत भएको हो भने मंगलबारदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ। यससँगै लगानीकर्ताले उक्त अग्राधिकार शेयर खरिद–बिक्री गर्न सक्नेछन्।
बैंकका अनुसार यो अग्राधिकार शेयरमा वार्षिक ८।२५ प्रतिशत लाभांशदर कायम रहनेछ। अविमोच्य तथा असञ्चिति प्रकृतिको भएकाले निश्चित समयसम्म बैंकले यसलाई फिर्ता लिन नसक्ने व्यवस्था रहेको छ।