• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दराज नेपालले ल्यायो ‘६.६ मिड इयर शपिङ फेस्ट’ : ७५ प्रतिशतसम्म छुट र आकर्षक उपहारको बहार

काठमाडौं । नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित ‘६.६ मिड इयर शपिङ फेस्ट’ घोषणा गरेको छ। आगामी जेठ २२ गते (जुन ५) को मध्यरातदेखि सुरु भई जेठ २७ गते (जुन १०) सम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले भारी छुट र आकर्षक उपहारहरू प्राप्त गर्नेछन्।

यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न क्याटेगोरीका सामानहरूमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। साथै, निःशुल्क होम डेलिभरी र विशेष भौचरहरूको सुविधा पनि उपलब्ध हुने दराजले जनाएको छ।

यस मेलामा भेसलिन, कोमिट, हट शट जस्ता गोल्ड ब्राण्डहरूमा १५ प्रतिशतसम्म, ब्राण्ड हाउस र ट्वाइलाइटमा ७० प्रतिशतसम्म तथा फ्यान्टेक, लिबाइस र मारियो जस्ता ब्राण्डहरूमा ६५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ।

अभियानको पहिलो दिन (जुन ५) र अन्तिम दिन (जुन १०) को बेलुकी ८ बजेदेखि मध्यरातसम्म ‘ब्राण्ड रस आवर’ सञ्चालन हुनेछ। जसमा ६६ भन्दा बढी ब्राण्डका विशेष अफरहरू समावेश गरिनेछन्।

दराजले नबिल बैंकसँगको सहकार्यमा डिजिटल भुक्तानीमा थप छुटको व्यवस्था गरेको छ। नबिल बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्म छुट पाइनेछ।

त्यसैगरी, इसेवा, खल्ती र आइएमई पे वालेट प्रयोगकर्ताहरूले ‘ब्राण्ड रस आवर’ को समयमा १२ प्रतिशत (अधिकतम २०० रुपैयाँ) र नियमित समयमा १० प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुट प्राप्त गर्न सक्नेछन्।

जति धेरै किनमेल्, त्यति नै ठूलो उपहार

यस पटकको मेगा गिभअवे अन्तर्गत एक भाग्यशाली ग्राहकले १ लाख ६५ हजार रुपैयाँ बराबरको ‘हाइसेन्स ४३ इन्च स्मार्ट एन्ड्रोइड मिडा टिभी’ प्राप्त गर्नेछन्। यसका लागि ग्राहकले डिजिटल भुक्तानी मार्फत कम्तीमा १० हजार रुपैयाँको खरिद गर्नुपर्नेछ।

कम्तीमा ५ हजार रुपैयाँको सपिङ गर्ने ग्राहकहरू ‘सेक एण्ड विन’ योजनामा सहभागी हुन पाउनेछन्। यस अन्तर्गत ५३ हजार ६६० रुपैयाँ बराबरको ‘स्युरनीड फिटनेस होम युज वाकिङ प्याड एण्ड ट्रेडमिल’, फोया र पी सेफका प्रोडक्ट बण्डलहरू, र स्मार्ट इलेक्ट्रिक आइरन जस्ता आकर्षक उपहारहरू जित्ने मौका रहेको छ।

दराज नेपालले यस अभियान मार्फत ग्राहकहरूलाई उत्कृष्ट शपिङ अनुभव र अधिकतम बचतको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। थप जानकारीका लागि ग्राहकहरूले दराजको वेबसाइट वा मोबाइल एप भिजिट गर्न सक्नेछन्।