काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सीमाको रक्षा मधेशीले गरेको दाबी गरेका छन् ।
जनमत पार्टीले सोमबार माइतीघरमा गरेको प्रदर्शनका क्रममा बोल्दै राउतले सीमामा लड्ने र सीमाको रक्षा गर्ने नै मधेशी रहेको बताएका हुन् ।
उनले भने ‘तपाईँहरू खाली काठमाडौंमा बसेर बोल्नु मात्रै हुन्छ, सीमा रक्षा भनेकै मधेशीले गरेको छ, कुनै नेपाली सेना, प्रहरी, राजामहाराजा वा शासकले होइन ।’
उनले लिम्पियाधुरा र लिपुलेक राजा महाराजा र सशकले बेचेको आरोप लगाउँदै मधेशीको हातमा शासन भएको भए लिपुलेकको यो अवस्था नआउने समेत दाबी गरे ।