• २०८३ जेठ २५
  • 2026 June 08, Monday

एनसेलमा भ्वाइस र डेटा सापटी कसरी लिने ? यस्तो छ तरिका

काठमाडौँ । मोबाइलमा कुरा गर्दागर्दै वा इन्टरनेट चलाउँदाचलाउँदै अचानक ब्यालेन्स सकिएर समस्यामा पर्नुभएको छ? त्यस्तो बेला तपाईँको संकट एनसेलले समाधान गरिदिन्छ। एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेल सापटी’ योजना अन्तर्गत विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ।

विशेष गरी आकस्मिक समयमा रिचार्ज गर्न नसक्ने ग्राहकहरूलाई लक्षित गर्दै ल्याइएको यो सेवामा अब ब्यालेन्स मात्र नभई भ्वाइस मिनेट र डेटा प्याकहरू पनि सापटीको रूपमा लिन सकिने छ।

कसले लिन सक्छन् सापटी?

एनसेलको यो सुविधा लिनका लागि ग्राहकको प्रिपेड सिम कार्ड कम्तीमा ३० दिन पुरानो हुनुपर्नेछ। साथै, तपाईँको मोबाइलमा ब्यालेन्स १० रुपैयाँभन्दा कम भएको अवस्थामा मात्र यो सेवा सुचारु गर्न सकिन्छ।

के–के पाइन्छ सापटीमा?

एनसेलले हाल चार प्रकारका सापटी सुविधाहरू उपलब्ध गराएको छः
१. ब्यालेन्स सापटी (रु. ४०) : ४० रुपैयाँ मुख्य ब्यालेन्स सापटी लिन सकिन्छ। यसको कुनै निश्चित समय सीमा (भ्यालिडिटी) हुँदैन।
२. भ्वाइस सापटी (रु. ५०) : ५० रुपैयाँमा १०० मिनेट अल नेपाल कल सुविधा पाइन्छ। यसको अवधि ३ दिनको हुनेछ।
३. डेटा सापटी (रु. ५०) : ५० रुपैयाँमा ५ जिबी हाइ–स्पिड डेटा र १०० वटा एसएमएस प्राप्त गर्न सकिन्छ। यो १ दिनका लागि मान्य हुनेछ।
४. डेटा सापटी (रु. ९९) : ९९ रुपैयाँमा १० जिबी हाइ–स्पिड डेटा र दैनिक १०० वटा एसएमएस पाइन्छ। यसको अवधि ३ दिनको हुनेछ।

कसरी लिने?

सापटी सेवा लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट *९९८८# वा *१२३# डायल गरी उपलब्ध विकल्पहरू मध्येबाट रोज्न सक्नेछन्।

यी सबै सापटी सुविधाहरूका लागि एनसेलले २.४८ रुपैयाँ (करसहित) सेवा शुल्क तोकेको छ। तपाईँले सापटी लिएको रकम वा प्याकको मूल्य र सेवा शुल्क अर्को पटक ब्यालेन्स रिचार्ज गर्दा काटिनेछ। यदि रिचार्ज गरिएको रकम सापटी तिर्न नपुगेमा बाँकी रकम त्यसपछिको अर्को रिचार्जमा काटिने कम्पनीले जनाएको छ। एउटा सापटी तिरिसकेपछि ग्राहकले पुनः अर्को पटक यो सेवा प्रयोग गर्न सक्नेछन्।