• २०८३ जेठ २५
  • 2026 June 08, Monday

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवन । नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन गर्ने उद्योग कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्ने उद्देश्यका साथ कम्पनीले रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित उक्त शोरुमको गत आइतबार (जेठ २४ गते) एक विशेष समारोहका बीच आधिकारिक रूपमा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेसनल २०१५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो।

उक्त नयाँ शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका कजारियाका ‘सिग्नेचर’ फ्लोर र वाल टायल्सको बृहत संग्रह उपलब्ध गराउनेछ। शोरुममा आगन्तुकहरूले टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसिङहरू प्रत्यक्ष हेरेर आफ्नो घर वा परियोजनाका लागि उपयुक्त छनोट गर्न सक्नेछन्।

उद्घाटन कार्यक्रममा बोल्दै कजारिया रमेश टायल्सका प्रतिनिधिले भने, “चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको यो साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च स्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। चितवन र आसपासका क्षेत्रका बासिन्दाले आधुनिक डिजाइन र भरपर्दो गुणस्तरमा सहज पहुँच पाउनेछन् भन्ने हाम्रो विश्वास छ।”

कजारिया रमेश टायल्सले हाल नेपालभर १०० भन्दा बढी शोरुमहरू मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ। कम्पनीसँग ३,००० भन्दा बढी आधुनिक डिजाइनका विकल्पहरू रहेका छन्, जसमा गलेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स, एचडी पोलिस्ड र हेभी ड्युटी भिट्रिफाइड टायल्सहरू समावेश छन्।

उत्कृष्ट गुणस्तर र टिकाउपनका लागि परिचित यस ब्रान्डले ISO ९००१:२०१५, ISO १४००१ : २०१५ प्रमाणीकरण प्राप्त गर्नुका साथै प्रतिष्ठित ‘NS Quality Award २०२६’ बाट समेत सम्मानित भइसकेको छ। रत्ननगर-१० मा सञ्चालनमा आएको यो नयाँ शोरुमले चितवनका उपभोक्तालाई गुणस्तरीय टायल खरिदमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।