काठमाडौँ । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई मध्यनजर गर्दै आफ्ना टेलिभिजन सेटहरूमा विशेष अफर सार्वजनिक गरेको छ। ग्राहकहरूलाई घरमै बसेर रङ्गशालाकै जस्तो उत्कृष्ट दृश्य र ध्वनिको अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो। यो अफर सन् २०२६ जुलाई १९ सम्म मान्य हुने कम्पनीले जनाएको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले चुनिएका सामसङ टिभी मोडलहरूको खरिदमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’ प्राप्त गर्न सक्नेछन्। साथै, ठूलो स्क्रिनमा फुटबलको मजा लिन चाहने ग्राहकका लागि विशेष अफर राखिएको छ। ७५ इन्च वा ८५ इन्चको टिभी खरिद गर्ने ग्राहकले ४९ हजार ९९० रुपैयाँ बजार मूल्य पर्ने सामसङको साउण्डबार मात्र ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।
विश्वकप सिजनलाई थप उत्साहजनक बनाउन सामसङले निःशुल्क ‘World Cup Live Subscription’ का साथै १२ महिनासम्मको ‘NETTV’ प्याकेज पनि उपलब्ध गराउने भएको छ। कम्पनीका अनुसार QLED र UHD मोडलहरूमा १२ महिनाको र FHD तथा HD मोडलहरूमा ६ महिनाको निःशुल्क नेट टिभी प्याकेज उपलब्ध हुनेछ।
विभिन्न मोडलमा उपलब्ध अफरहरू:
QLED (५५”-८५”): २५% सम्म क्यासब्याक, १२ महिना नेट टिभी प्याकेज, र ७५”–८५” मोडलमा ९,९९९ मा साउण्डबार।
UHD (४३”-८५”): १०% सम्म क्यासब्याक, १२ महिना नेट टिभी प्याकेज र विश्वकप लाइभ सब्स्क्रिप्सन।
FHD (४३”): ७% क्यासब्याक, ६ महिना नेट टिभी प्याकेज र विश्वकप लाइभ सब्स्क्रिप्सन।
HD (३२”): २१% क्यासब्याक, ६ महिना नेट टिभी प्याकेज र विश्वकप लाइभ सब्स्क्रिप्सन।
आर्थिक सहजताका लागि सामसङले ‘सामसङ इन्स्टा फाइनान्स’ मार्फत हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा १२ वा २४ महिनाको सरल EMI सुविधा समेत प्रदान गरेको छ। यसका साथै, ग्राहकहरूले ‘अर्को स्टोर’ (ArkoStore) वा देशभरका आधिकारिक सामसङ रिटेल स्टोरहरू मार्फत आफ्ना पुराना इलेक्ट्रोनिक्स सामान साटेर नयाँ सामसङ टिभी लैजान सक्ने ‘एक्सचेन्ज’ सुविधाको पनि लाभ लिन सक्नेछन्।