काठमाडौँ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा आयोजित साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छिन । साधारण सभाले स्वतन्त्र संचालकमा रीता गौतमलाई मनोनयन गरेको छ ।
साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा अन्तरक्रिया समेत भएको थियो ।