• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सबैभन्दा पहिला गिरीबन्धुको फाइल खोल्न पदमा अर्यालको सरकारलाई चुनौती

काठमाडौँ । नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफूहरुको नाम जोडिएका फाइल खोल्न सरकारलाई चुनौती दिएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा फाइल खोल्छु भन्दै धम्की दिएको आरोप लगाउँदै अर्यालले आफूहरुको नाम जोडिएका फाइल खोल्न चुनौती दिएकी हुन् ।

उनले सबैभन्दा पहिला गिरिबन्धु चियाको फाइल खोल्न आग्रह गर्दै सत्य बाहिर ल्याउन आग्रह गरिन्, साथै उनले फाइलको नाममा नधम्काउन चेतावनी दिँदै अत्यधिक बहुमतको सरकारले सबै फाइल खोलेर सत्य तथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।

उनले प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिव्यक्तिको विषयमा आफूहरुको विरोध कायम रहेको स्पष्ट गर्दै बजेट पार्टी गर्ने प्रक्रियाका लागि मात्र आफूहरुले विरोधको स्वरूप परिवर्तन गरेको बताएकी छन् ।