काठमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप हेर्न लिएको शुल्कप्रति आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै हमालले विश्वकप फुटबल हेर्न ९९९ रुपैयाँ लिएकोप्रति आपत्ति जनाउँदै निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
उनले भने- ‘वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ । कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्याउन सकेका छैनन् । अब त पुग्यो होला नि ! उठाउने जति आम्दानी भइसक्यो होला । म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।’