• २०८३ असार १८
  • 2026 July 02, Thursday

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकले तिरायो जरिवाना

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय जरिवाना गरेका हुन् ।