मोरङ। नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
शोरूमको औपचारिक उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा गरिएको थियो ।
आकर्षक र ग्राहकमैत्री ढाँचामा सजाइएको यस शोरूमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ । शोरूममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन् ।
“अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो साझेदारी मोरङ र यस आसपासका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्याउने हाम्रो निरन्तर प्रयासको महत्त्वपूर्ण कदम हो । यस शोरूममार्फत ग्राहकहरूले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्नुहुनेछ”, उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने ।
यो नयाँ शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा रूपमा सञ्चालनमा आइसकेको छ । कञ्चनबारी, मोरङ तथा यस आसपासका सम्पूर्ण बासिन्दाहरूलाई शोरूममा आमन्त्रण गर्दै नयाँ र अत्याधुनिक कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।