काठमाडौँ। फोटोनले पाँच नयाँ आधिकारिक केयर सिल्ड सर्भिस पोइन्ट विस्तार गरेको छ । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा सर्भिस पोइन्ट सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप सुदृढ बनाएको हो ।
यस विस्तारसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सर्भिस नेटवर्क २१ स्थानमा पुगेको छ । यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नयाँ स्थापना गरिएका सिल्ड सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेका फोटोनका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् । भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक सञ्चालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो विस्तार विशेष महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ ।