• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

बजेट कार्यान्वयनका लागि अर्थमन्त्रीद्धारा सचिवहरूसँग छलफल

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै अर्थमन्त्री बजेट कार्यान्वयनमा जुटेका हुन् ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यस अन्तर्गत वर्ष चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब गरी बजेट विनियोजन गरिएको छ ।