काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर’ (Ampere) ले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवाको राजश्री चोकस्थित ‘बी. एम. ईभी हब’ लाई आधिकारिक डिलर नियुक्त गरेको हो।
नेपालभर बजार विस्तार गर्ने अभियानअन्तर्गत सञ्चालनमा ल्याइएको यस नयाँ शोरूमबाट ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा बिक्रीपछिको सेवा (After-sales Service) सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी (Greaves Electric Mobility) द्वारा निर्मित एम्पियर इलेक्ट्रिक स्कुटरले छोटो समयमै नेपालका विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। “इलेक्ट्रिक स्कुटर अफ द इयर” लगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको यो ब्रान्ड आफ्नो उत्कृष्ट प्रविधि, उच्च गुणस्तर र आधुनिक डिजाइनका लागि परिचित छ।
ब्याट्री र वारेन्टी
एम्पियर स्कुटरहरूमा उच्च प्रविधिको लिथियम फेरो फस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ। यो ब्याट्री प्रविधि सुरक्षित र टिकाउ मानिन्छ, जसलाई माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको कडा तापक्रममा परीक्षण गरिएको छ। कम्पनीले आफ्ना स्कुटरमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको आकर्षक वारेन्टी उपलब्ध गराएको छ।
उपलब्ध मोडल तथा मूल्य
मलंगवा शोरूममा हाल एम्पियरका तीनवटा मोडलहरू उपलब्ध छन्:
१. Ampere Nexus EX: रु. ३,३५,०००
२. Ampere Nexus EX+: रु. ३,४५,०००
३. Ampere Magnus G Max: रु. ३,१५,०००
मलंगवामा आधिकारिक बिक्री केन्द्रको सुरुवातसँगै नेपालका उदाउँदा बजारहरूमा दिगो र वातावरणमैत्री यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियान थप मजबुत बनेको कम्पनीको विश्वास छ। थप जानकारीका लागि मलंगवास्थित बी. एम. ईभी हबको फोन नम्बर ०४६-५९०७३१ मा सम्पर्क गर्न सकिने बताइएको छ।