
दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे ।
उनी सहितको टोली पोखराबाट नेपालगन्ज गइरहेकाे बेलामा भालुवाङबाट पक्राउ गरेकाे हाे ।
स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीले केहीबेर नियन्त्रणमा लिएर साेधपुछ गरेर छाडेकाे पनि जानकारी दिएकाे छ ।