• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

१४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित, ६४ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरुको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हाे ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । थपलियाले करिब ५४ प्रतिशत मतदान भएको र अपेक्षित मत नखसेको बताए ।