चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान ११ बजेपछि महानगरको वडा नम्बर १ ख बाट मतगणना सुरु भएको हाे ।
भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।
भरतपुरमा कांग्रेसका जगन्नाथ पाैडेलले पनि स्वतन्त्रमा उम्मेदवारी दिएपछि याे चुनावी क्षेत्र देशभर चर्चामा छ ।