• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

कोलम्बियाका राष्ट्रपतिलाई पदबाट हटाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाउने चेतावनी दिएका छन् । साथै उनले कोलम्बियामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाएका छन्। कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूलाई ठिक लागिरहेको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पेट्रोले शनिवार भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्रसंघको आकस्मिक बैठकको आह्वान गरेका थिए । यसअघिको एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बियालगायत अरु देशका लक्ष्यहरूविरुद्ध सैन्य कारबाही विस्तार गर्नेबारे विचार गर्ने बताए ।

गएको शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको थियो ।