• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय

काठमाडौं । इतिहासविद् प्रा.डा. श्रीराम प्रसाद उपाध्यायले सहिद सुवेदार दयाराम खड्कालाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सहिद दिवसको अवसरमा नालापानी युद्धका वीर योद्धा सहिद सुवेदार दयाराम खड्कालाई श्रञ्जलि अर्पण गर्दै उनले दयाराम खड्काले गोरखाली, नेपाली भनेर संसारभर प्रसिद्ध गराएको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताए ।

उनले भने, ‘नालापानीको लडाई भनेपछि विश्वकै इतिहासमा प्रसिद्ध छ । यो प्रसिद्ध हुनुपर्ने कारण दयाराम खड्का जसको वीरताको गाथा नालापानीले बोकेको छ । यस्तो हाम्रो विभूतिलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । किनभने उहाँको योगदान छ । उहाँले नै गरेर हामी गोरखाली, नेपाली भनेर संसारभर प्रसिद्ध भएको हो ।’

यस्तै, दयाराम खड्का जस्तो एउटा नेपाली भयो भने सारा संसार जित्न सक्ने पनि उनको भनाइ छ ।