मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले २७१० मत ल्याएर अग्रता लिएका हुन् ।
यसअघि सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी थिइन् । पछिल्लाे अपडेट अनुसार उनले २६६९ मत पाएकी छन् ।
नेकपा एमालेका अनन्त पौडेलले २४३४ मत पाएका छन् ।
यस्तै, उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ । गठबन्धनका उम्मेदवार कांग्रेस नेता राजेश बानियाँले ३९८२ मत ल्याएका छन् । उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३०१६ मत ल्याएर पछ्याइरहेकी छन् ।