काठमाडौं महानगरपालिका-१ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेकाे छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।

यही वडाबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८ मत पाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१