काठमाडौँ । कुशल भुर्तेलले टी- २० क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।
कुशलले बिहीबार जारी मलेसियाविरुद्धको एशियन गेम्स अन्तर्गतको खेलमा शतक प्रहार गरेका हुन् । उनले ४४ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।
यो कुशलको टी- २० क्रिकेटमा लगातार दोस्रो शतक हो भने कुल तेस्रो शतक हो । उनले यसअघि यसै प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए ।
यस खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले १४.२ ओभरमा २ विकेट गुमाएर १९६ रन बनाएको छ ।