
काठमाडाैं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले पुन: उछिनेकी छन् ।
१० हजार २०६ मत गन्दा सुवेदीले ३ हजार ५७५ मत पाएका छन् भने रेणुले ३ हजार ५७८ मत पाएकी छन् । सुवेदीकाे भन्दा रेणुकाे तीन मत बढी छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३ मत पाएर अग्रता लिएका छन् भने राप्रपाका हिमला गुरुङले २ हजार ८१६ मत पाएकी छन् ।