• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, तीन जनाकाे मृत्यु

दार्चुला । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६ ग्यानीमा गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।