बाथरुममा शारीरिक सम्बन्ध, महिलाको मृत्यु

काठमाडौं । बाथरुममा शारीरिक सम्बन्ध राख्ने क्रममा ‘एड्भेन्चर’का कारण एक महिलाको मृत्यु भएको घटना बाहिरिएकाे छ ।

प्रहरीले घटनालाई हत्याका रुपमा लिएर अनुसन्धान गरिरहेको बेलामा यस्ताे तथ्य फेला परेकाे हाे । घटना बेलायतको स्टाफोर्डशायरको हो । जहाँ सान्ड्रा मूर नामकी एक महिला आफ्नो फ्ल्याटमा मृत फेला परेकी थिइन् ।

मेडिकल टेस्टमा मृत्यु हुँदा महिलाको शरीरमा मंकी डस्ट (एक प्रकारको ड्रग्स) रहेको पाइएको थियो ।

महिलाको शव भेट्नुअघि नै उनको कोठाबाट एकजना व्यक्ति बाहिर निस्केको अनुसन्धानका क्रममा पत्ता लागेको थियो । तर अनुसन्धानले यौन क्रियाकलापका क्रममा महिलाको मृत्यु भएको निष्कर्ष निकालेको छ ।

स्टोक अन ट्रेन्ट लाइभको रिपोर्ट अनुसार सुरुमा प्रहरीले महिलाको मृत्युलाई हत्याका रूपमा अनुसन्धान गरिरहेको थियो । तर उनकाे मृत्यु रोमान्सको क्रममा ‘एड्भेन्चर’का कारण भएकाे पत्ता लागेकाे हाे । मृत्यु भएकी महिला याैन व्यवसायमा संलग्न रहेकाे पनि बताइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१