
काठमाडाैं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।
१९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले ६ हजार ५६६ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १९९ मत प्राप्त गरेका छन् ।
उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गरेकी छन् ।