ढिलै भए पनि एमालेले विवेकले काम गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन् ।

एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अन्ततः एमालेले लामो निरर्थक संसद अबरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पथ्र्यो,’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ढिलै भएपनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो ।’

एमालेले यसरी नै आत्मसमीक्षा गरे वाम आन्दोलनको हितमा हुने समेत उनले बताएका छन् ।

‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गंभीर आत्म्ससमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं,’ उनले भनेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१