बलान विहुलमा जनमत पार्टीका अध्यक्ष र उपाध्यक्षमा विजयी

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१