ललितपुरको गोदावरीमा काँग्रेसका उम्मेदवार विजयी

काठमाडाैं । ललितपुरको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।

प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् ।

प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाए ।

उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर काँग्रेसका अधिकारी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाइन् ।

प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१