
काठमाडाैं । नेकपा एमाले उम्मेदवार केशव स्थापितले भने जस्तै काठमाडौंको ‘कोर एरिया’ पस्दै गर्दा तेब्बर मतले अग्रता बनाएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ स्थित महाबाैद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि पारेका छन् ।
वडा नम्बर २७ मा २ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याएकी छन् ।