यस्ताे छ भरतपुर महानगरपालिकाकाे मतगणना अपडेट

काठमाडाैं । भरतपुर महानगरपालिकामा ४५ हजार ७६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाले ३२ सय ६४ मतको अग्रता बनाएकी छन् ।

जारी मतगणना अनुसार रेनुले १७ हजार २९० मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १४ हजार २६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले पनि अहिलेसम्म ७ हजार ४० मत ल्याएका छन् ।

उपमेयरतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन् । उनले १८ हजार ८४८ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनकी हिमला गुरुङले ११ हजार २१९ मत मात्रै ल्याएकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१