बालेन साहकाे मत २८ हजार बढी, स्थापित र सिंहकाे कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को मत २८ हजार नाघेको छ । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१