
काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी दुई हजार ८५९ मतान्तरले विजयी भएका हुन् । अधिकारीले ६ हजार १९ मत र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कमल तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सरला लामिछाने केसीले तीन हजार ५७३ मत प्राप्त गरेकी छन् ।
उक्त गाउँपालिकामा कुल १० हजार ७३४ जनाले मतदान गरेका थिए । ६ वडा रहेको गाउँपालिकाका पाँच वटा वडामा कांग्रेस र वडा नम्बर ५ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा निर्वाचित भएका छन् ।