
काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख र उपपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।
जारी मतगणनामा प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ५ हजार ५१८ मतका साथ अग्रता कायम राखेकी छिन् ।
७३ हजार ७८७ मतगणनामा रेणुले २८ हजार ६०८ मत पाएकी छिन् । नेकपा एमालेका विजय सुवेदीले भने २३ हजार ९० मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।
यस्तै, महानगर उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत पाएर अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले भने १७ हजार ९२० मत पाएकी छिन् ।