• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडाैं मतपरिणाम अपडेट : सिर्जना सिंहले उछिनिन् केशव स्थापितलाई

काठमाडाैं । काठमाडौं महानगरपालिकाकाे जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह अग्रता कायम रहेपनि दोस्रो स्थानमा भने परिवर्तन आएकाे छ ।

केशव स्थापितले जारी मतगणनामा अग्रता लिइरहेकाेमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।

मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतकाे अग्रता बनाएकी हुन् ।

काठमाडाैंमा एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले भने ३२ हजार ९७८ मत पाएका छन् ।