
चितवन । भरतपुर महानगरपालिकामा जारी रहेको मतगणनामा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेणु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई ५ हजार ५९० मतान्तरले पछि परेकी छन् ।
दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् ।
महानगरपालिकाकाे ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अधिकारीले ३१ हजार १२१ मत प्राप्त गरेका छन् ।