बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

शनिबार सम्पन्न मतगणनामा मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल विजयी भएका हुन् ।

मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गरे ।

मतपरिणाम आएपछि विजयी र्‍याली निकालिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१