• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेताको चयन वैशाख ४ गते गर्ने भएको छ । काँग्रेसले सर्वसम्मत नभएमा निर्वाचन प्रकियाबाट दलको नेता चयन गर्न लागेको हो ।

काँग्रेसले संसदीय दलको नेता चयनका लागि सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन समितिले वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक गर्ने र वैशाख ४ गते नेता चयन गर्ने तयारी गरेको छ ।

संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र बासना थापालगायतको दाबी छ ।

काँग्रेसमा विशेष महाधिवेशन पक्षधर र देउवा पक्षबीच विवाद जारी रहेकाले संसदीय दलको नेता चयनमा ढिलाई भएको हो ।