
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनकाे मत ४० हजार नजिक पुगेको छ ।
बालेनले १७ हजार भन्दा बढीकाे अग्रता लिइरहेका छन् । काठमाडौंको कोर क्षेत्र भनिने केही वडामा पछि पर्दा समेत उनले फराकिलाे अग्रता लिइरहेका छन् ।
सुरूवाती गणनामा सबै वडामा अग्रता लिइरहेका बालेन पछिल्लो गणनामा भने केही वडामा पछि परेका छन् । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को गणना सकिइसकेको छ ।
मतगणना सकिइसकेका वडामध्ये वडा नम्बर २७ र २८ मा बालेन पछि परेका छन् । वडा नम्बर २७ मा बालेन तेस्रो भए । यहाँ बालेनको ५५२ मत आउँदा एकालेको ९८१ र कांग्रेसको ९८४ मत आएको छ । वडा नम्बर २८ मा बालेन दोस्रो भएका छन् । यहाँ बालेनले ७१७ मत ल्याए । पहिलो भएका एमालेका केशव स्थापितले ७४१ र कांग्रेसकी सृजना सिंहले ७१० मत ल्याए ।
गणना भइरहेका वडामध्ये वडा नम्बर २३, २४ र २५ मा बालेन पछि परेका छन् । वडा नम्बर २३ मा बालेन तेस्रो छन् । यहाँ बालेनके २०९ मत ल्याउँदा एमालेले ३१४ र कांग्रेसले २४४ मत ल्याएका छन् । वडा नम्बर २४ मा बालेन तेस्रो स्थानमा छन् । यहाँ एमालेको ८१४, कांग्रेसको ६८० र बालेनको ५३४ मत पुगेको छ ।
वडा नम्बर २५ मा बालेन दोस्रो छन् । यहाँ एमालेको ८००, बालेनको ६१० र कांग्रेसको ५९१ मत छ । यस्तै वडा नम्बर २७ मा बालेन तेस्रो छन् । यहाँ एमालेको ८३६, कांग्रेसको ७३८ र बालेनको ४६९ मत आएको छ ।
वडा नम्बर २३ ओमबहाल, २८ पुरानो बसपार्क, वडा नम्बर २४ मखनटोल, वडा नम्बर २५ जनबहाल र वडा नम्बर २७ महाबौद्ध क्षेत्र हुन् । वडा नम्बर २३, २४, २५ र २७ बालेन तुलनात्मक रुपमा कमजोर भएको भनिएका काठमाडौंको ‘कोर’ भनिने क्षेत्र हुन् ।
अहिलेसम्मम १ लाख १२ हजार १२७ मत गणना हुँदा बालेन साहले ३९ हजार ८९३ मत पाएका छन् । कांग्रेसकी सृजना सिंहले २२ हजार ७०७ मत र एमालेका केशव स्थापितले २२ हजार १६ मत पाएका छन् ।