यस्ताे छ काठमाडाैंकाे पछिल्लाे मतपरिणाम, स्थापितभन्दा सिंह ७९८ मतले अघि

काठमाडाैं । काठमाडाैं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गरेका छन् । साहले १७ हजार दुई सय ७१ मतकाे अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार काठमाडाैं महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाएका हुन् ।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाएका छन् । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात सय ९८ मतले अगाडि रहेकी छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१