बालेनले लिए १७४२४ मतको अग्रता, यस्ताे छ मतपरिणाम अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले १७४२४ मतकाे अग्रता लिएका छन् ।

१ लाख १६ हजार ८८५ मत गणनामा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् ।

साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएकी छन् ।

नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१