गठबन्धनलाई एक्लै भारी पर्‍याे साम्पाङकाे लाैराे, फराकिलाे मतान्तरकाे जित

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरी साम्पाङ मेयरमा निर्वाचित भएका हुन् ।

उनले २० हजार ८२१ मत ल्याए । दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् ।

यसैगरी, उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । उनी २० हजार ५१० मत ल्याएर निर्वाचित भए ।

उनकाे निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत मात्र पाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१